स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा उक्लियो

२०८२ माघ ११, आईतवार

काठमाडौं : स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भिल्ला रियलमाथि सहज जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भिल्ला रियललाई २-० गोल अन्तरले पराजित गरेको हो ।  रियल म्याड्रिडको जितमा दुवै गोल किलियन एम्बाप्पेले गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको २१ खेलमा ५१ अङ्क भएको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एक खेल कम खेलेको बार्सिलोनाको २० खेलमा ४९ अङ्क रहेको छ र दोस्रो स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार