सिरी ‘ए’ : एएस रोमा र एसी मिलानले अंक बाँडे

२०८२ माघ १२, सोमबार

काठमाडौं : इटालियन क्लब एएस रोमा र एसी मिलानले शीर्ष डिभिजन लिग सिरी ‘ए’मा अंक बाँडेका छन् ।

आइतबार लिगअन्तर्गत रोमा र मिलानीबीच भएको खेल १–१ को बराबरीमा समाप्त भएको हो । प्रतियोगितामा यो रोमाको पहिलो बराबरी हो । बराबरीसँगै ४३ अंक जोडेको रोमाले हालसम्म २२ खेल खेल्दा १४ जित, एक बराबरी र सात हार व्यहोरेको छ । रोमा तालिकाको तेस्रो स्थानमा छ ।

मिलानले भने प्रतियोगितामा आठौँ राबरी गरेको हो । बराबरीसँगै ४७ अंक जोडेको मिलानले २२ खेल खेल्दा १३ जित, आठ बराबरी र एक हार व्यहोरेको छ । मिलान तालिकाका दोस्रो स्थानमा छ । आइतबार मिलानले दोस्रो हाफमा अग्रता बनाएको थियो । तर, सम्हालिन नसकेपछि, टोलीले दोस्रो हाफको मध्यान्नमै अग्रता गुमाएको थियो ।

खेलको ६२औँ मिनेटमा मिलानलाई कोनी डे विन्टरले अग्रता दिलाएका थिए । तर, मिलानले यो अग्रता लामो समयसस्म्म जोगाउन सकेन । ७४औँ मिनेटमा रोमाका लोरेन्जा पेलेग्रिनीले टोलीको निम्ति बराबरी गोल फर्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार