साउदी प्रो लिग : अल नासर विजयी

२०८२ माघ १३, मंगलवार

काठमाडौँ : साउदी प्रो लिग अन्तर्गत अल नासरले अल-तावाउन एफसीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल-तावाउनलाई १-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा अल-तावाउनका मोहमद अल दोसारीले गरेको आत्मघाती गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि अल नासरको १७ खेलमा ४० अङ्क भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै शीर्ष स्थानमा रहेको अल हिलालले १७ खेलमा ४५ अङ्क रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार