राष्ट्रिय लिगमा नेपाल पुलिसको पहिलो जित

२०८२ माघ १३, मंगलवार

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले श्री भगवती क्लबलाई १-० ले पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा आत्मघाती गोल मदतमा पुलिसले श्री भगवतीलाई हराउँदै ३ अंक जोडेको हो ।

श्री भगवतीका विवश चौधरीले ३७औं मिनेटमा गरेको आत्मघाती गोलमा पुलिसले अग्रता लिएको थियो । पुलिसका फरवार्ड मनिस सेढाईंले दायाँ भागबाट हानेको क्रसलाई बचाउने क्रममा विवशले आत्मघाती गोल गरेका हुन् ।

चार खेलमा पहिलो जित हात पारेको पुलिसले चार खेलबाट ४ अंक जोडेको छ । श्री भगवतीको यो दोस्रो हार हो । चार खेल खेलिसकेको श्री भगवतीको पनि ४ अंक नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार