बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २६ घाइते

२०८२ माघ १९, सोमबार

काठमाडौँ : दक्षिण टर्कीको अन्ताल्या प्रदेशमा आईतवार एउटा यात्रुवाहक बस सडकबाट चिप्लिएर खाल्डोमा पल्टिँदा आठ जनाको मृत्यु भएको छ । अन्य २६ जना अन्य घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यम एनटिभीकाअनुसार ३४ जना यात्रु सवार उक्त बस सडक किनारको सुरक्षा बारमा ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटनाको खबर प्राप्त भएलगत्तै आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा खटाइएको थियो । घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा लगिएको छ ।

भूमध्यसागरीय क्षेत्रको लोकप्रिय पर्यटकीय गन्तव्य अन्ताल्यामा विगत केही दिनदेखि भारी वर्षा भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार