फिल्म ‘गोबर गणेश’ले कमायो १ करोड ३६ लाख

२०८२ माघ १९, सोमबार

काठमाडौँ : बल्छी धुर्बे निर्देशित फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको तीन सातामा १ करोड ३६ लाख कमाउन सफल भएको छ ।

प्रदर्शनको दोस्रो शनिबारसम्म फिल्मको कुल कमाइ १ करोड १४ लाख ३५ हजार नेरु ग्रस रहेको थियो । फिल्मले तेस्रो शनिबारसम्म आफ्नो आम्दानी १ करोड ३६ लाख २० हजार ८६६ पुर्‍याएको छ । यो अवधिमा फिल्मको टिकट भने ४८ हजार ५३ वटा बिक्री भएका छन् ।

निर्देशक श्रेष्ठकै लगानी र मुख्य भूमिका समेत रहेको फिल्ममा वर्षा शिवाकोटी, पूजन घिमिरे ‘पुकु’, पदम तामाङ, सीतादेवी तिमल्सिना लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार