नेपाली क्रिकेट टोली आज यूएईसँग अभ्यास खेल खेल्दै

२०८२ माघ २०, मंगलवार

काठमाडौं : आईसीसी विश्वकपको तयारीलाई तीव्र बनाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोली मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ।

नेपालले विश्वकपअघि चेन्नईमा दुई वटा ‘वाम-अप’ खेल खेल्दै अन्तिम तयारी गर्नेछ। नेपालले पहिलो अभ्यास खेलमा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा हुनेछ।

नेपाल र यूएईबीच लामो समयदेखि प्रतिस्पर्धात्मक खेल हुँदै आएका छन्।

विश्वकप खेल्ने नेपाली टोली :

कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार