काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य ९ हजार ५ सय रुपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ९ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ६ सय २० रूपैयाँले घटेर ४ हजार ९ सय ८० रूपैयाँ कायम भएको छ ।









