काठमाडौँ : आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडामाथि जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको हो । १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।
नेपालको जितमा आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । २९ बल खेलेका उनी ५८ रनमा रिटायर्ड आउट भए । उनले ६ चौका र ३ छक्का प्रहार गरे ।









