काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको छ ।
मंगलबार बसेको आयोगको बैठकले आउँदो फागुन २१ गते निर्वाचनका लागि दल तथा उम्मेदवार फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरेर बुझाउन भनेको हो ।
आयोगका अनुसार राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा घोषणापत्र पेस गर्न भनिएको छ ।









