आहा रारा गोल्डकप : प्लानिङ ब्वाइज विजयी

२०८२ फाल्गुन २, शनिबार

कास्की : पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा प्लानिङ ब्वाइज युनाइटेड विजयी भएको छ ।

पोखरा रङ्गशालामा भएको खेलमा प्लानिङले ४–० गोलको फराकिलो अन्तरले फ्रेण्ड्समाथि जित निकालेको हो । विदेशी खेलाडी पापा इबु केबेको ह्याट्रिकको मद्दतमा उत्कृष्ट जित निकाल्दै प्लानिङ क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । प्लानिङले आहा रारामा पहिलोपटक सहभागिता जनाएको हो । खेलको २४औँ मिनेटमा पेनाल्टी बक्सभित्र ह्याण्ड भएपछि पाएको पेनाल्टीलाई एलेक्स विलियनले गोल गर्दै अग्रता दिलाएका हुन् ।

पहिलो हाफको इन्जुरी समयमा प्लानिङले अर्को गोल थपे भने साहिल केसीले दिएको उत्कृष्ट पासलाई केबेले उत्कृष्ट गोलमा परिणत गरे । खेलको ५४औँ मिनेटमा केबेले दोस्रो गोल गर्दै फ्रेण्डसमाथि दबाबसँगै अन्तर फराकिलो बनाए । खेलको ८१औँ मिनेटमा गोल गर्दै केबेले ह्याट्रिक गरेका छन् । शनिबार हुने पहिलो क्वाटरफाइनल खेलमा घरेलु टोली सहाराले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आयोजक सहाराका अध्यक्ष केशवबहादुर थापाका अनुसार प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार