सूर्यकुण्ड हाईड्रोको आईपीओ बाँडफाँट

२०८२ फाल्गुन ५, मंगलवार

काठमाडौं : सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक कुमारी क्यापिटलले कम्पनीको आईपीओ आज बिहान बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा कुल २५ लाख ५२ हजार ६०२ जनाले २ करोड ६९ लाख ३२ हजार ८ सय कित्ता सेयर खरिदका लागि आवेदन दिएको क्यापिटलले जनाएको छ ।

जसमा २४ लाख ११ हजार ९२२ आवेदन सदर भएको छ भने ४० हजार ६८० जनाको आवेदन बदर भएको छ । कुल सदर आवेदकमध्ये ५७ हजार २४३ जनालाई १० कित्ताका दरले ५ लाख ७२ हजार ४३० कित्ता सेयर बाँडफाँट गरिएको छ ।  १ जना आवेदकले भने थप एक कित्ता अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेको छ।

कम्पनीले गत माघ १८ गतेदेखि २१ गतेसम्म आम सर्वसाधारणका लागि ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्काशन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार