फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

२०८२ फाल्गुन ५, मंगलवार

काठमाडौं : फागुन २९ बाट रिलिज तयारीमा रहेको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ ।

गीतमा प्रीति कौरले स्वर दिएकी छन् । शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरको छन् । एरेन्ज, मिक्सिङ, मास्टरिङ र संगीत जोशीको हो । गीतको भिडिओमा रोशनी कार्की र जीवन भट्टराई फिचर्ड छन् ।

अन्य कलाकार उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायतका फिल्मका दृश्यलाई भिडिओमा समावेश गरेर निर्माण पक्षले कथाबारे जानकारी दिन खोजेको छ । भिडियोमा रोशनी र जीवनको द्वन्द्व-रोमान्स देख्न सकिन्छ । रोशनीको चरित्रको यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको भिडियोमा देखिन्छ ।

रोशन मिराजको लेखन-निर्देशनमा बनेको यस फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको अभिनय छ ।फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार