काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयकाले जनाएको छ ।
बास्तोला सँगै उनको पार्टीको काभ्रे जिल्ला सेक्रेटरी विष्णुप्रसाद तिम्सिना पनि पक्राउ गरेका छन् । नेकपा (बहुमत)ले फागुन २१ मा हुन लागेको निर्वाचनको विरोध गर्दै आएको छ । मंगलबार नेकपा (बहुमत)ले नेपाल बन्दकाे घाेषणा गरेकाे थियो।





