चलचित्र ‘बिगुल’को प्रदर्शन स्थगित

२०८२ फाल्गुन ६, बुधबार

काठमाडौँ : गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बिगुल’को प्रदर्शन स्थगित हुने भएको छ ।

निर्माता कम्पनी म्याग्नोलिया ग्रुप प्रालिले मंगलबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरिएको जनाएको छ ।

‘निर्वाचनको संवेदनशील अवस्थालाई ध्यानमा राखेर सम्बन्धितको निकायको सुझाव तथा परिस्थितिको मूल्याङ्कन पश्चात् यो निर्णय लिइएको हो’, विज्ञप्तिमा अगाडि भनिएको छ ‘नयाँ रिलिज डेट चाँडै घोषणा हुनेछ ।’ निर्माण युनिटले यसबाट पर्न गएको असुविधाप्रति सबैसँग क्षमा माग्दै फिल्मलाई प्रत्यक्ष गएर हेरिदिनुभएका आमदर्शक, कलाकार, प्राविधिक, पत्रकार, अतिथिज्यू सबैलाई हार्दिक धन्यवाद  दिएका छन् ।

रमेश कोइराला निर्देशित फिल्म कांग्रेस नेता दिनेश कोइरालाले निर्देशन गरेका हुन् । फिल्ममा फिल्ममा बेनिशा हमाल, नरेन खड्काको शीर्ष भूमिका छ ।

636296749_1346164983909143_6193137451997486378_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार