टी–२० विश्वकप : श्रीलंका इंग्ल्याण्डसँग ५१ रनले पराजित

२०८२ फाल्गुन १०, आईतवार

काठमाडौं : आइसिसी टी–२० विश्वकपअन्तर्गत जारी सुपर–८ को खेलमा आयोजक श्रीलंका इंग्ल्याण्डसँग ५१ रनले पराजित भएको छ।

इंग्ल्याण्डले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका १६.४ ओभरमा मात्र ९५ रन जोडेर अलआउट भयो। पहिले ब्याटिङ गरेको इंग्ल्याण्डका लागि ओपनर फिल साल्टले अर्धशतक पूरा गरे। ४० बल सामना गरेका उनले ६ चौका र दुई छक्काको मद्दतमा ६२ रन जोडेका हुन्।

यसैगरी विल ज्याक्सले २१, कप्तान ह्यारी ब्रुकले १४, साम करेनले ११ तथा जामी ओभरटनले नटआउट १० रन बटुल्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। श्रीलंकाका लागि दुनिथ वेलालागेले सर्वाधिक तीन विकेट हात पार्दा दिलसान मादुसांका र महिष थेक्सानाले दुई तथा दुष्मन्था चमिराले एक विकेट निकाले।

जवाफी ब्याटिङ गरेको श्रीलंकाले निकै खराब प्रदर्शन ग¥यो। कप्तान दासुन सनाकाले ३० रन जोड्नुबाहेक अन्य खेलाडीले विर्सनलायक प्रदर्शन गरे। ओपनरद्वय पाथुम निस्सान्का र कमिल मिश्रा क्रमशः नौ र ६ रन बनाएर पेभेलियन फर्किँदा पवन रथनायके र दिलसान मादुसांका शून्य रनमै आउट भए। कमिन्दु मेन्दिसले १३ तथा दुनिथ वेलालागे र महिष थेक्साना (नटआउट)ले समान १० रन बनाए।

इंग्ल्याण्डका लागि विल ज्याकले सर्वाधिक तीन विकेट लिए। जोफ्रा आर्चर, लायम ड्वासन र आदिल रसिदले समान दुई विकेट हात पार्दा जेमि ओभरटनले एक विकेट निकाले।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार