स्पेनिस ला लिगा : लेभान्टे बार्सिलोनासँग पराजित

२०८२ फाल्गुन ११, सोमबार

काठमाडौं : बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लेभान्टेलाई पराजित गर्दै बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्षमा फर्किएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-० ले पराजित गर्‍यो । बार्सिलोनाको जितमा मार्क बर्नल, फ्रेन्की डे योङ र फर्मिन लोपेजले एक-एक गोल गरे । खेलको चौथो मिनेटमा बर्नलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा डे योङले अग्रता दोब्बर पारेपछि बार्सिलोना पहिलो हाफमा २-० ले अघि रह्‍यो ।

दोस्रो हाफमा ८१औं मिनेटमा लोपेजले गोल गरेपछि बार्सिलोनाको ३-० को जित पक्का भयो । जितपछि बार्सिलोना २५ खेलबाट ६१ अंक जोडेर शीर्षमा उक्लियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार