एनआईसी एशिया बैंकका ग्राहकलाई अपोलो हस्पिटलमा १० प्रतिशतसम्म छुट

२०८२ फाल्गुन ११, सोमबार

काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँ दिल्ली, भारतबीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहहरुले In-patient room charge, preventive health check packages र Attendees health checkup सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् र Outpatient investigation  मा ५ प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ ।

साथै, Complimentary registration fees, Access to international patient lounge जस्ता सुविधाहरु समेत उपलब्ध हुनेछन् । यसैगरी, काठमाण्डौस्थित अपोलो इन्फर्मेसन सेन्टर मार्फत Appointment लिने बैंकका ग्राहकहरुलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटल/हस्पिटलसम्मको लागि यातायातको थप सुविधा समेत उपलब्ध हुनेछ ।

उक्त सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहुलियत हुने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार