काठमाडौँ : जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शम्भु साह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
जनमत पार्टी नेतृत्वको हैकमवाद, परिवारवाद र अलोकतान्त्रिक विचारका कारण आफू सो पार्टीबाट अलग भएको नेता साहले बताएका छन् । जनमतका अध्यक्ष डा.सीके राउतले गठन गरेको स्वतन्त्र मधेस गठबन्धनका संस्थापकमध्ये एक साह कतारमा रहेर संगठनमा आबद्ध थिए ।
शुक्रबार जनकपुरधामस्थित मिल्स एरियाको निधि निवासमा आयोजित कार्यक्रममा कांग्रेस नेता एवं धनुषा–३ का उम्मेदवार विमलेन्द्र निधिले साहलाई पार्टीमा स्वागत गरेका हुन् ।





