काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन्।
आइतबार बिहान भक्तपुरस्थित घरबाटै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ। उनलाई पक्राउ गर्नुअघि प्रहरीले पक्राउ पुर्जी थमाएको छ। पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका छन्।





