अफवाह र उत्तेजनाले देश बन्दैन : पृथ्वीसुब्बा गुरुङ

२०८२ फाल्गुन १७, आईतवार

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवं लमजुङबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अफवाह र उत्तेजनाले देश नबन्ने भन्दै समृद्धिको यात्रा अघि बढाउन एमालेको जित अपरिहार्य रहेको बताएका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा आइतबार सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै गुरुङले यस्तो बताएका हुन्।उनले राष्ट्रलाई अराजकता र अस्थिरताबाट मुक्त गर्न स्पष्ट दृष्टिकोण र स्थिर नेतृत्व आवश्यक पर्नेमा जोड दिएका छन्।

‘अफवाह, झुट र उत्तेजनाले देश बन्दैन। स्पष्ट दृष्टिकोण, स्थिर नेतृत्व र नीतिगत दृढताले मात्र देश बन्छ,’ मतदातालाई अपिल गर्दै गुरुङले भनेका छन्, ‘त्यसैले कुनै भ्रममा नपरी विवेकपूर्ण निर्णय गर्न म सम्पूर्ण मतदातामा हार्दिक आग्रह गर्दछु।’ लमजुङको विकास र समृद्धि नै आफ्नो राजनीतिक यात्राको मूल उद्देश्य रहेको प्रष्ट पार्दै गुरुङले विगतमा आफू गण्डकी प्रदेशको मुख्यमन्त्री र संघीय मन्त्री हुँदा सुरु गरेका कामहरूलाई पूर्णता दिनु आफ्नो पहिलो प्राथमिकता रहेको बताए।

‘ती जिम्मेवारीमा रहँदा सुरु गरिएका थुप्रै विकासका आधारहरू आज जिल्लाका विभिन्न स्थानमा देख्न सकिन्छ। तीमध्ये केही काम अझै अधुरा छन्, र तिनलाई पूर्णता दिनु मेरो पहिलो प्राथमिकता हो,’ अपिलमा भनिएको छ। उनले विकास, स्थायित्व र सुशासनलाई संस्थागत गर्दै समुन्नत लमजुङ निर्माण गर्ने आफ्नो प्रतिबद्धता रहेको दोहोर्‍याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार