मकवानपुर : हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका–५ शान्तिनगर बस्ने वर्ष १८ को क्षितिज रायमाझी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज दिउँसो बसपार्कबाट पशुपतिनगरतर्फ गइरहेको बा प्र ०३–००६ प २७१२ नं को स्कुटरलाई विपरीत दिशाबाट आएको ना४च ६०५३ नं को हातीगाडीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनालाई ठक्कर दिएको थियो । दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा रायमाझीको अस्पतालमै मृत्यु भएको हो ।
अर्का घाइते स्कुटरमा सवार हेटौडा उपमहानगरपालिका-७ निवासी १९ वर्षीय संगम झाको सोही अस्पतालमा उपचार भइरहेको र ठक्कर दिई भाग्ने गाडीचालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।










