काठमाडौं : सरकारले २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्दै राजपत्रमा प्रकाशित गरिसकेको छ ।
यही फागुन १३ गते मन्त्रिपरिषद् बैठकले २०८३ सालमा दिइने बिदा निर्धारण गरेको थियो । जसअनुसार बिदाबारे राजपत्रमा सूचना प्रकाशित गरेर सार्वजनिक गरिएको छ ।
यही फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार आउँदो वैशाख १ गतेदेखि चैत मसान्तसम्म हुने सार्वजनिक बिदाबारे जानकारी दिइएको हो ।
‘नेपाल सरकारले विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,’ राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ।





















