हुम्लाको हल्जीमा मतदान स्थगित, वारेसनामा र मतपेटिका गुम्बामा लैजानुपर्ने माग

२०८२ फाल्गुन २१, बिहीबार

सुर्खेत : हुम्लाको नाम्खा गाउँपालिका–६ हल्जीस्थित सुनखानी प्रावि हल्जी मतदानस्थलमा केही समयका लागि मतदान स्थगित भएको छ।

हल्जी गुम्बामा बसोबास गर्ने लामाहरूले मतदानका लागि वारेसनामा दिन पाउनुपर्ने तथा गुम्बामा रहेका ५/६ जना बिरामीलाई मतदान गर्नका लागि मतपेटिका गुम्बासम्म लैजानुपर्ने माग राखेपछि विवाद उत्पन्न भएको हो।

सोही विषयमा सहमति नजुटेपछि मतदान प्रक्रिया रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ। निर्वाचन अधिकृत र सुरक्षा निकायको टोलीले अवस्था सामान्य बनाउन आवश्यक समन्वय गरिरहेको जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार