मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

२०८२ फाल्गुन २१, बिहीबार

उदयपुर : मदनभण्डारी लोकमार्गअन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, भिमामा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुईजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र.०१–०५–००२ प १८२७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ । मोटरसाइकल सडकको उत्तरतर्फ रहेको एक रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा चालक चौदण्डीगढी–५, सिवाईका १८ वर्षीय समीर चौधरी गम्भीर घाइते भएका थिए । अस्पताल पुर्‍याउनासाथ सिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार सोही स्थानका १८ वर्षीय मौसम चौधरी र २३ वर्षका अशोक चौधरी पनि गम्भीर घाइते भएका छन् ।

थप उपचारका निम्ति उनीहरूलाई विराटनगर ‘रेफर’ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार