काठमाडौँ : ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध टस जितेर इङ्ल्यान्डले पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भर्खरै भएको टसमा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले पहिले बलिङ गर्ने निर्णय लिए । इङ्ल्यान्डको प्लेइङ–११ मा कप्तान ह्यारी, फिल साल्ट, जोस बटलर, जेकब बेथेल, टम ब्यान्टन, साम करन, विल ज्याक्स, लियाम डसन, जेमी ओभरटन, जोफ्रा आर्चर र आदिल राशिद छन् ।
त्यसैगरी भारतको प्लेइङ–११ मा कप्तान सूर्यकुमार यादव, अभिषेक शर्मा, सन्जु स्यामसन, ईशान किशन, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वरुण चक्रवर्ती, अर्शदीप सिंह र जसप्रित बुमराह छन् ।









