रौतहट-४ मा ३६ सय मत गणना हुँदा ऋषि धमलाको ९ मत

२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौं : रौतहट-४ मा मतगणना जारी छ। अहिलेम्म ३६ सय मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो क्षेत्रमा ऋषि धमला उम्मेदवार छन्। उनले अहिलेसम्म ९ मत मात्रै पाएका छन्। पत्रकारितामा सक्रिय रहेका धमलाले आम जनता पार्टी(आजपा)बाट उमेदवारी दिएका थिए।

यो क्षेत्रमा रास्वपाका गणेश पौडेलले २ हजार २०५ मत ल्याएका छन्। कांग्रेसका देवप्रसाद तिमिल्सिनाले ६९२ मत ल्याएका छन्।

नेकपाका रामकुमार भट्टराईले ६३७ मत ल्याएका छन्। एमालेका रामजी साहले १ सय २२ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार