इरानी सेनालाई ट्रम्पको धम्की: आत्मसमर्पण गर्छौ कि मृत्यु रोज्छौ?

२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौँ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सेना र सुरक्षा बललाई आत्मसमर्पण गर्न आह्वान गरेका छन्। ह्वाइट हाउसमा मिडियालाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘म फेरि एकपटक इरानी रिभोलुसनरी गार्ड, सेना र प्रहरीका सबै सदस्यलाई हतियार बिसाउन अपिल गर्दछु। अन्यथा तिमीहरू मारिनेछौ।’

उनले थपे, ‘अब इरानी जनताका पक्षमा उभिने र उनीहरूको देश फिर्ता लिन मद्दत गर्ने समय आएको छ। कि आत्मसमर्पण गर कि मृत्यु रोज।’ ट्रम्पले विश्वभरका इरानी कूटनीतिज्ञहरूलाई पनि शरण लिन चेतावनी दिएका छन्।

उनले भनेका छन्, ‘हामी चाहन्छौँ- तपाईंहरू नयाँ र राम्रो इरान निर्माण गर्न हामीसँग सामेल हुनुहोस्।’ साथै ट्रम्पले इरानमा अब सत्तामा आउने जो कोहीले पनि अमेरिका वा यसका छिमेकीलाई खतरा नबनाउने कुरा सुनिश्चित गरिने दाबी गरेका छन्।

इजरायल र अमेरिकाले गत फेब्रुअरी २८ का दिन संयुक्त सैन्य हमला गरी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई मारेपछि यो पद खाली छ। हमलाको जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडी मुलुकहरूमा क्षेप्यास्त्र/ड्रोन प्रहार गरिरहेको छ।

अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी’ (एचआरएएनए) ले इजरायल-अमेरिकाको आक्रमणबाट इरानमा अहिलेसम्म हजारभन्दा बढी जनाको मृत्यु भइसकेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार