काठमाडौँ : नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अस्वाभाविक महत्वकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर बृहत एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर सन्देश दिएको पनि उनले बताएका छन्। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिटमा जितेको छ। विशेष महाधिवेशन भएको ५० दिनमा चुनाव भएको थियो।
‘प्रतिनिधिसभाकाे निर्वाचनकाे परिणामले विशेष गरी सबैभन्दा बढी विभिन्न तहमा विभिन्न जिम्मेवारीमा क्रियाशील हामी कांग्रेसीहरूलाई गम्भीर सन्देश प्राप्त भएकाे छ, हाम्रा भगवानरूपी पदमआदरणीय मतदाताहरूकाे निर्णयबाट,’ सामाजिक सञ्जाल एक्समा खड्काले लेखेका छन्।
‘हामी सबैले म म भन्दै विगतकाे निर्मम समीक्षा गर्दै अस्वाभाविक महत्वाकाक्षा, आवेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक-बृहत एकताका लागि निष्ठा र समर्पण भावका साथ अगाडि बढ्नु पर्ने हामी सबैकाे नैतिक कर्तब्य र जिम्मेवारी छ,’ खड्काले भनेका छन्, ‘हाम्रा अगाडि खडा भएकाे हिमालयन चुनाैतिकाे सामाना गर्ने यहिनै उपयुक्त बाटाे हाे त्यस्ताे लाग्छ।’







