फिल्म ‘परालको आगो’को टिजर सार्वजनिक

२०८२ फाल्गुन २६, मंगलवार

काठमाडौँ : फिल्म ‘परालको आगो’को टिजर सार्वजनिक गरिएको छ ।

श्रीमान्-श्रीमती (चामे र गौँथली)को झगडालाई केन्द्रमा राखिएको टिजरमा प्रकाश रिसाहा श्रीमान‍्को भूमिकामा देखिएका छन् । उनकी श्रीमतीको भूमिकामा सुहाना थापा छिन् । टिजरमा सौगात मल्ललाई पनि देख्न सकिन्छ ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा सौगात, प्रकाश र सुहानासहित सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मन्जिला बाँनिया लगायतका कलाकारहरूले अभिनय गरेका छन् । हरिओम सिने मेकर्सका सुशील पोखरेलले फिल्मको निर्माण गरेका हुन् । यसमा सुशील देवकोटाको लेखन रहेको छ ।

आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य-स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ । ग्रामीण लोककथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’बाट प्रेरित भएर यो फिल्म बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार