काठमाडौं : इरान र इजरायल–अमेरिका बीचको भीषण युद्ध जारी रहेकै समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रिय फुटबल टोलीलाई आगामी विश्वकप खेल्न अमेरिकामा स्वागत गरिने बताएका छन् ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रपति ट्रम्पसँगको भेटबारे जानकारी दिँदै सो कुरा उल्लेख गरेका हुन् ।
सन् २०२६ मा उत्तर अमेरिकामा आयोजना हुन लागेको विश्वकपका लागि इरानले यसअघि नै छनोट चरण पार गरिसकेको छ । इन्फान्टिनोका अनुसार वासिङ्टनमा भएको सो भेटमा विश्वकपको तयारी र सुरक्षाका विषयमा छलफल भएको थियो ।









