काठमाडौं : फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक भएको छ ।
एक्सन, सस्पेन्स, प्रेम र थ्रीलर तत्व समेटिएको यो फिल्मले दर्शकलाई उत्सुक तुल्याउन सक्छ । फिल्ममा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारको अभिनय छ ।
माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको फिल्मका क्रियटिभ निर्माता मोती कार्की हुन् । राजेन्द्र आचार्य लाइन प्रोड्युसर रहेको फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको संगीत छ ।
अभिमन्यू निरवी र समय थपलिया फिल्मका स्क्रिप्ट सल्लाहाकार हुन् । माइकल चन्दकै कथा र पटकथा रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, काला चरणको पाश्र्वध्वनि छ । साहिल खानले टिजर र ट्रेलर तयार पारेका हुन् ।
‘राम नाम सत्य’ २७ चैतदेखि प्रदर्शन तयारीमा छ ।









