काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य २ हजार ८ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रूपैयाँ कायम भएकोमा आज २ हजार ८ सय रूपैयाँले घटेर ३ लाख १४ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५ सय १५ रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर ५ हजार ४ सय ९५ रूपैयाँ कायम भएको छ ।









