काठमाडौं : थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि किचलो सुरू भएसँगै अध्यक्ष हर्क साम्पाङले मुख खोलेका छन् ।
उनले फेसबुकमा स्टाटस लेखेर समानुपातिक विषयमा रोइलो नगर्न पार्टी पङ्क्तिलाई सचेत गराएका हुन् ।
हर्कको चेतावनी छ, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भो ।’
हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको साम्पाङ नेतृत्वको पार्टीले समानुपातिकमा ४ सीट सुरक्षित गरेको छ ।





