नेकपा एमालेमा नेतृत्व परिवर्तन हुँदैन : महेश बस्नेत

२०८२ फाल्गुन ३०, शनिबार

काठमाडौं : नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र नेतृत्व परिवर्तनको च्याप्टर क्लोज भइसकेको बताएका छन्।

उपमहासचिव योगेश भट्टराईले नेतृत्वले मार्गप्रशस्त नगरे पार्टीमा अप्रिय निर्णय लिन सकिने भनी दिएको अभिव्यक्तिको सन्दर्भमा बस्नेतले पार्टीलाई नभई त्यस्तो बोल्नेलाई नै अप्रिय अवस्था आउने चेतावनी दिएका हुन्। शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले पार्टीले विगतमा पनि आन्तरिक र बाह्य दबाबहरूको सफलतापूर्वक सामना गरेको सुनाए।

‘जुन आम कार्यकर्ताले केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने प्रक्रियामा सहभागी हुन उहाँलाई भोट हालेका थिए, त्यही भावना नबुझी अप्रिय परिस्थितिको आउँछ भनी बोल्नु गलत हो,’ उनले थपे, ‘उहाँले चाहेर मात्र पार्टीभित्र अप्रिय परिस्थिति आउँदैन। यस्तो घटनाले पार्टीलाई नभई प्रिय परिस्थिति ल्याउन खोज्नेहरूलाई नै अप्रिय अवस्थामा पुर्‍याउने निश्चित छ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार