राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै

२०८२ चैत्र १, आईतवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ।

बैठक आज बिहान १० बजे पार्टी कार्यालय वनस्थली, काठमाडौंमा बस्ने भएको छ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारीस सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ। साथै बैठकमा अन्य विविध विषयहरू पनि छलफल गरिनेछ।

यसअघि शनिबार बस्ने भनिएको सचिवालय बैठक सारेर आज बिहानका लागि तय गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार