काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ ।
आइतवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाले संसदीय दलको नेता छान्न केही समय लाग्ने जानकारी दिएका हुन् । उनले पार्टी सभापति रवी लामिछाने अस्वस्थ रहेकोले संसदीय दलको नेता छान्ने प्रक्रियामा केही ढिलाइ भएको बताए। संसदीय दलको नेता बालेन्द्र साह नै हुने जानकारी पनि उनले दिए ।
पूर्वसहमति र प्रतिवद्धताबाट दायाँबायाँ नहुने उनको भनाइ छ । उनले संसदीय दलको नेता छान्ने प्रक्रियाको लागी केन्द्रिय समितिको बैठक नै बस्नुपर्ने बताए। दलको नेता छान्न आन्तरिक र अनौपचारिक रुपमा भने छलफल भइरहेको उनले जानकारी दिए ।





