काठमाडौं : सशस्त्र प्रहरी बलको प्राविधिकतर्फका दुईजना डीआईजीको पदावधि थप गरिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्ले डीआईजीद्ववय इन्जिनियर सन्दीप थापा र डा. रूपक महर्जनको पदावधि थप गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरी नियमावलीका दफा ६५ (ग) अनुसार डीआईजीको पदावधि ४ वर्षको हुन्छ । सो प्रावधान अनुसार डीआईजीद्ववय थापा र महर्जन २०८२ चैत ५ मा अवकाशमा जाँदै थिए । मन्त्रिपरिषद्ले म्याद थप गरेसँगै उनीहरू २०८३ चैत ५ सम्म पदमा रहने छन् ।
इन्जिनियर थापा सशस्त्र प्रहरीको मद्धति तथा सेवा निर्देशनालयका प्रमुख हुन् । डा. महर्जन सशस्त्र प्रहरी अस्पताल प्रमुखको रूपमा कार्यरत छन् ।





