खराब मौसमका कारण आन्तरिक र बाह्य उडान प्रभावित

२०८२ चैत्र ६, शुक्रबार

काठमाडौं : खराब मौसम कारण काठमाडौंको उडान प्रभावित भएको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा हावाहुरीसहित भारी वर्षा भएपछि उडान प्रभावित भएका हुन् । कार्यालयका अनुसार दुईवटा अन्तर्राष्ट्रियसहित आन्तरिक उडान प्रभावित भएका हुन् । धनगढी, बिराटनगर, भद्रपुरबाट आएका आन्तरिक उडान उतै फर्किएका छन् भने दिल्लीबाट आएको विमान पनि डाइभर्ट गरिएको छ ।

मौसम खुलेपछि उडान सुचारु हुने विमानस्थल कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार