कंगो ५२ वर्षपछि फिफा विश्वकपमा छनोट

२०८२ चैत्र १८, बुधबार

काठमाडौं : अफ्रिकी राष्ट्र डिआर कंगो ५२ वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ ।

मंगलबार राति भएको अन्तरमहादेशीय प्लेअफमा क्यारेबियन राष्ट्र जमैकालाई १–० ले हराउँदै कंगोले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा हुने विश्वकपका छनोट भएको हो ।

कंगोलाई जित दिलाउन एक्सेल तुएन्जेबेले अतिरिक्त समयमा निर्णायक गोल गरे । उनले १००औं मिनेटमा गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए । कंगोले समग्रमा दोस्रो पटक विश्वकपमा छनोट भएको हो । कंगोले सन् १९७४ मा पहिलो पटक विश्वकप खेलेको थियो ।

अब कंगोले फिफा विश्वकप २०२६ को समूह के पोर्चुगल, उज्वेकिस्तान र कोलम्बियासँग खेल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार