ड्रोनको टुक्रा लागेर यूएईएमा बंगलादेशी नागरिकको मृत्यु

२०८२ चैत्र १८, बुधबार

आबुधाबी : संयुक्त अरब इमिरेट्स (यूएई)को इमिरेट्स अफ फुजाइराहको अल रिफामा अवरोध गरिएको ड्रोनको टुक्रा लागेर एक जना पुरुषको निधन भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

फुजाइराह मिडिया अफिसले एउटा विज्ञप्तिमा बताएअनुसार मृतक बंगलादेशी नागरिक हुन् ।

अल रिफा क्षेत्रको एउटा फार्ममा अवरोध गरिएको ड्रोनबाट खसेको छर्रालागेर एक बंगलादेशी पुरुषको मृत्यु भएको सरकारी समाचार एजेन्सी वामले माइक्रो ब्लगिङ वेबसाइट एक्समा भनेको छ ।

योसँगै यूएईमा अमेरिका–इजरायल र इरान युद्धको चपेटामा परेर मर्नेको संख्या १२ पुगेको छ । फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता यूएईले १ हजार ९७७ वटा ड्रोन र ४३३ वटा क्षेप्यास्त्र खसालिसकेको त्यहाँको रक्षा मन्त्रालयले मंगलबार भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार