लखनउ दिल्लीसँग ६ विकेटले पराजित

२०८२ चैत्र १९, बिहीबार

काठमाडौं : दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ । बुधबार भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १४२ रनको लक्ष्य लखनउले १७ बल अगावै पूरा गर्‍यो । ३ रन आवश्यक छँदा रिज्भीले छक्का प्रहार गरे । समीरले ४७ बलमा अविजित ७० रन बनाए भने स्टब्स ३२ बलमा ३९ रनमा अविजित रहे ।  २६ रनमा ४ विकेट गुमेको अवस्थाबाट दिल्लीका लागि समीर र स्टब्स मिलेर ११९ रनको साझेदारी गरे ।

लक्ष्य पछ्याउने क्रममा दिल्ली सुरुवातदेखि दबाबमा आएको थियो । ओपनर केएल राहुल पहिलो बलमै आउट हुँदा पथुम निसान्का १, नितिश राना १५ अनि कप्तान अक्षर पटेल शून्यमै आउट भएपछि दिल्ली २६-४ को अवस्थामा पुगेको थियो । त्यसपछि दिल्लीले विकेट गुमाएन । लखनउका लागि प्रिन्स यादवले २ विकेट लिँदा मोहम्मद शामी र मोहसिन खानले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले १८.४ ओभरमा अलआउट हुँदै १४१ रन बनाएको थियो । अब्दुल समदले सर्वाधिक ३६ रन बनाए भने मिचेल मार्शले ३५ रन बनाए । शाहबाज अहमद १५ रनमा अविजित रहँदा मुकुल चौधरीले १४ रन बनाए । दिल्लीका लागि टी नटराजन र लुंगी एंगिडीले ३-३ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिँदा कप्तान अक्षर पटेलले १ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार