सुन्दरीजलमा चोरीको मोटरसाइकलसहित युवक पक्राउ

२०८२ चैत्र २०, शुक्रबार

काठमाडौँ : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ सुन्दरीजलबाट चोरीको मोटरसाइकलसहित एक युवकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–५ घर भई हाल सुन्दरीजल बस्दै आएका २७ वर्षीय सुजित कुमार सहनी रहेका छन्।

उनी नम्बर प्लेटविहीन अवस्थामा मोटरसाइकल चलाइरहेका बेला सुन्दरीजल सडकखण्डमा फेला परेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२ प २५६७ रहेको छ। सो मोटरसाइकल जोरपाटी क्षेत्रबाट हराएको भन्दै काठमाडौं महानगरपालिका–६ बस्ने राजु लामाले खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

मोटरसाइकलसहित पक्राउ परेका सहनीलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार