इलाममा सुमो दुर्घटनाः चालकले मादक पदार्थ सेवन गरेको पुष्टि

२०८२ चैत्र २१, शनिबार

इलाम : इलामको सूर्योदय नगरपालिकास्थित ढोरेमा शनिबार अपराह्न एउटा सुमो गाडी दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन्।

नयाँबजारबाट फिक्कलतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ४०१६ नम्बरको सुमो बरबोटे–नयाँबजार भित्री सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो। घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी फिक्कलबाट प्रहरी नायब निरीक्षक विष्णु सापकोटाको नेतृत्वमा टोली खटिएर घाइतेहरूको उद्धार गरेको हो।

प्रहरीका अनुसार दुर्घटनाको मुख्य कारण चालकको लापरबाही र मादक पदार्थ सेवन ९मापसे० देखिएको छ। सूर्योदय नगरपालिका–८ का ४२ वर्षीय चालक सुरेन बस्नेतले मापसे गरी गाडी चलाएको पुष्टि भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुमोमा चालकसहित १० जना सवार थिए, जसमध्ये ८ जना घाइते भएका छन्। घाइतेहरूमध्ये ५३ वर्षीय राज कुमार राई, ४५ वर्षीया कल्पना गिरी, ५९ वर्षीय प्रेम बहादुर गुरुङ र ६२ वर्षीय श्याम बहादुर राईको श्रीनिधि अस्पताल फिक्कलमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम र सामान्य रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, अन्य घाइतेहरू ३९ वर्षीया मिना क्षेत्री, ४५ वर्षीया पुनम भण्डारी, १९ वर्षीय अपसन क्षेत्री र ७३ वर्षीय गोपाल क्षेत्रीलाई फिक्कल अस्पतालमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि झापा पठाइएको छ। झापा पठाइएका घाइतेहरूको हात, खुट्टा र छातीमा चोट लागेको भए पनि उनीहरू बोल्न सक्ने अवस्थामा रहेका छन्।

प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार