रामचन्द्र काफ्लेको गीत ‘ड्राइभर म माइलो–२’ सार्वजनिक

२०८२ चैत्र २२, आईतवार

काठमाडौँ : लोकप्रिय गायक रामचन्द्र काफ्लेको बहुप्रतीक्षित गीत ‘ड्राइभर म माइलो–२’ सार्वजनिक भएको छ ।

झण्डै दुई दशकअघि अत्यन्तै चर्चित बनेको ‘ड्राइभर म माइलो’ गीतलाई नयाँ स्वादमा रिमेक गर्दै काफ्लेले काठमाडौँमा आयोजित विशेष कार्यक्रममार्फत गीत सार्वजनिक गरेका हुन् । पुरानो सम्झनालाई आधुनिक प्रस्तुतीसँग जोड्दै गीतले फेरि दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।

सार्वजनिक गीतमा कलाकार जय किशन बस्नेत र पवन खतिवडा ‘म्याकुरी’ मुख्य भूमिकामा देखिएका छन् । जय किशन बस्नेतले ड्राइभरको भूमिका निभाएका छन् भने ‘म्याकुरी’ सहचालक (खलासी) को भूमिकामा प्रस्तुत भएका छन् । उनीहरूसँगै मिङ गुरुङ, दीपक थापा, माइला डन र अञ्जली शाही ठकुरी लगायतका कलाकारहरूको सशक्त अभिनयले गीतलाई अझ आकर्षक बनाएको छ ।

गीतमा शब्द तथा संगीत स्वयं रामचन्द्र काफ्लेकै रहेको छ भने स्वरमा काफ्लेलाई पवन खतिवडा ‘म्याकुरी’को साथ दिएका छन् । भिडियो निर्देशन विभोर पोखरेलले गरेका हुन्, जसले गीतलाई दृश्यात्मक रूपमा अझ जीवन्त बनाएको छ । पुरानो हिट गीतको नयाँ संस्करणका रूपमा आएको ‘ड्राइभर म माइलो–२’ ले पुराना दर्शकलाई स्मृतिमय बनाउनुका साथै नयाँ पुस्तामाझ पनि उत्तिकै लोकप्रिय हुने विश्वास गरिएको छ ।

साथै, उक्त गीतको मुख्य प्रायोजक भने नेपालको अग्रणी शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङ र अर्ग्यानिक लन्च एण्ड क्लब गरेको निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार