काठमाडौं : आर्सनल एफए कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ ।
प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई गएराति साउथह्याम्पटनले २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। साउथह्याम्पटनले ३५औं मिनेटमा रोस स्टेवार्टको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा आर्सनलले बलमा नियन्त्रण राखे पनि स्पष्ट अवसर बनाउन सकेन ।
दोस्रो हाफमा आर्सनलले बराबरी गोल फर्कायो । ६८औं मिनेटमा भिक्टोर ग्योकेरेसले गोल गर्दै खेल १-१ को अवस्थामा ल्याएका थिए । खेलको अन्त्यतिर साउथह्याम्पटनका सब्सचिट्युट खेलाडी शी चार्ल्सले निर्णायक गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण जित दिलाए।
यस जितसँगै साउथह्याम्पटन २०२१ पछि पहिलो पटक एफए कप सेमिफाइनलमा पुगेको छ।









