आईपीएल २०२६ : गुजरात राजस्थानसँग ६ रनले पराजित

२०८२ चैत्र २१, शनिबार

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि रोमाञ्चक जित हासिल गरेको छ । शनिबार राति अहमदाबादमा सम्पन्न खेलमा राजस्थान ६ रनले विजयी भएको हो ।

राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर २०४ रन मात्र बनायो । राशिद खान र कगिसो रबाडा मिलेर ४३ रनको साझेदारी गर्दै जितको नजिक पुर्‍याएपनि पर्याप्त भएन । अन्तिम २ ओभरमा १५ रन चाहिँदा जोफ्रा आर्चरले ४ रन मात्र दिए भने अन्तिम ओभरमा तुषार देशपान्डेले पनि ४ रन मात्र दिएर राशिदलाई आउट गरे ।

ओपनर साइ सुदर्शनले ४४ बलमा ७३ रन बनाए । जस बट्लरले २६ रन बनाए भने राशिद खानले २४ रन बनाउँदा कगिसो रबाडाले अविजित २३ रन बनाए । राजस्थानका लागि रवि बिश्नोईले ४ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । नान्द्रे बर्गर, तुषार देशपान्डे र रियान परागले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २१० रन बनाएको थियो ।  ध्रुव जुरेलले ४२ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७५ रन बनाए । ओपनरद्वय यशश्वी जैसवालले ५५ तथा वैभव सूर्यवंशीले ३१ रन बनाए । शिम्रोन हेटमायरले १८ रन बनाए ।

गुजरातका लागि कगिसो रबाडाले २ विकेट लिँदा प्रसिध कृष्णा, अशोक शर्मा, राशिद खान र मोहम्मद सिराजले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार