काठमाडौं : स्पेनिस क्लब जिरोनाले स्पेनिस शीर्ष डिभिजन लिग ला लिगामा भियारियालविरुद्ध १–० को कठिन जित निकालेको छ ।
सोमबार जिरोनाले आफ्नो घरेलु मैदान स्टाडी मुनिसिपल डे मोन्टिलिभीमा भियारियालबाट आत्मघाती गोल उपहार पाएको थियो । पहिलो हाफको इन्जुरी समयमा भियारियालका पन नाभारोबाट आत्मघाती गोल भएको थियो । जिरोनाले यही गोलबाट प्राप्त अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै जित निकालेको हो ।
जितसँगै जिरोनाले तालिकामा ३७ अंक जोडेको छ । १२औँ स्थानमा रहेको जिरोनाले ३० खेल खेल्दा नौ जित, १० बराबरी र ११ हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।









