हङकङमा ३ दिनदेखि हराएका पदयात्रीको जिवितै उद्धार

२०८२ चैत्र २४, मंगलवार

काठमाडौँ : हङकङको म्याकलहोज ट्रेलमा पैदल यात्रा गर्दा हराएका ७९ वर्षीय चिनियाँ पुरुष सोमबार दिउँसो फेला परेका छन्। शनिबार श्रीमतीसँग यात्रामा निस्केका उनी थकाइ लागेपछि विश्राम गर्ने क्रममा छुटेका थिए र बेपत्ता थिए।

हे चेङ्गन नामका उनलाई उद्धारकर्ताले सोमबार दिउँसो ट्रेल खण्ड १०, ताइतोङको क्वानताई मन्दिर नजिकै जिवित अवस्थामा उद्धार गरेका हुन्। प्रहरीको ट्र्याकिङमा उनी अन्तिम पटक त्यहीँ देखिएका थिए।

उद्धारपछि हेलाई सरकारी हेलिकप्टरबाट चुनमुन अस्पताल लगिएको थियो। उनको स्वास्थ्य स्थिति स्थिर छ।

हे शरीरमा बालुवा लतपतिएको अवस्थामा फेला पारेका थिए। शनिबार पदयात्राका क्रममा जब उनी आश्रयस्थलमा विश्राम लिए र श्रीमतीसँग छुटे, त्यसको केही समयमै हङकङमा मुसलधारे पानी परेको थियो र अब्जर्भेटरीले एम्बर वर्षा चेतावनी जारी गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार