आईपीएल २०२६ : गुजरातसँग दिल्ली १ रनले पराजित

२०८२ चैत्र २६, बिहीबार

काठमाडौं : दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पहिलो हार बेहोरेको छ ।

बुधबार भएको खेलमा गुजरात टाइटन्सले दिल्लीलाई १ रनले हराउँदै पहिलो जित हासिल गरेको हो । गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर २०९ रन बनायो । गुजरातका राशिद खानले तीन विकेट लिए भने प्रसिद्ध कृष्णाले दुई र मोहम्मद सिराजले एक विकेट लिए । दिल्लीका केएल राहुलले सर्वाधिक ९२ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा चार विकेट गुमाएर २१० रन बनाएको थियो । कप्तान शुभमन गिलले ७० रनको अर्धशतकीय इनिङ खेले । दिल्लीका मुकेश कुमारले दुई विकेट लिए भने लुंगी एनगिडी र कुलदीप यादवले समान एक–एक विकेट लिए ।

दिल्लीले यससँगै प्रतियोगिताको पहिलो हार व्यहोरेको छ । तीन खेल खेलेको दिल्लीले दुई जित र एक हारसहित चार अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार